नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
१ इतिहास
१ इतिहासको पुस्तक
1

1 आदम, शेत, एनोश, 2 केनान, महलालेल, येरेद, 3 हनोक, मतूशेलह, लेमेक । 4 नोआका छोराहरू शेम, हाम र येपेत थिए । 5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए । 6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए । 7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए । 8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए । 9 कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए । 10 कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए । 11 मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू, 12 पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने । 13 कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने । 14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू, 15 हिव्‍वीहरू, अरकीहरू, सिनीहरू, 16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने । 17 शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए । 18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए । 19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो । 20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह, 21 हदोरम, ऊजाल, दिक्‍ला, 22 ओबाल, अबमाएल, शेबा, 23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए । 24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह, 27 अब्राम जो अब्राहाम थिए । 28 अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए । 29 तिनीहरूका सन्‍तान यी नै हुन्‌: इश्‍माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्‍साम, 30 मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा, 31 यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए । 32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए । 33 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए । 34 अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए । 35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए । 36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए । 37 रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए । 38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए । 39 लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो । 40 शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो । 41 अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए । 42 एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए । 43 इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो । 44 बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए । 45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए । 46 हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो । 47 हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए । 48 सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए । 49 शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे । 50 अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ । 51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत, 52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन, 53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार, 54 प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।

2

1 इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून, 2 दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर । 3 यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो । 4 तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए । 5 फारेसका छोराहरू हेस्रोन र हामूल थिए । 6 जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्‍मा पाँच जना थिए । 7 कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्‍याए । 8 एतानका छोरा अजर्याह थिए । 9 हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए । 10 राम अम्‍मीनादाबका पिता बने, र अम्‍मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए । 11 नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने । 12 बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने । 13 यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ, 14 काहिंला नतनेल, ठाहिंलो राद्दै, 15 अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने । 16 तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए । 17 अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्‍माएली येतेर थिए । 18 हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए । 19 अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ । 20 हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने । 21 पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌ । 22 सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे । 23 गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए । 24 हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन् । 25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए । 26 यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ । 27 यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए । 28 ओनामका छोराहरू शम्‍मै र यादा थिए । शम्‍मैका छोराहरू नादाब र अबीशूर थिए । 29 अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌ । 30 नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे । 31 अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए । 32 शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे । 33 जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए । 34 अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो । 35 शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌ । 36 अत्तै नातानका पिता र नातान जाबादका पिता बने । 37 जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने । 38 ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने । 39 अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने । 40 एलासा सिस्‍मैका पिता बने र सिस्‍मै शल्‍लूमका पिता बने । 41 शल्‍लूम यकम्‍याहका पिता बने र यकम्‍याह एलीशामाका पिता बने । 42 यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए । 43 हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए । 44 शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्‍मैका पिता बने । 45 शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए । 46 कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने । 47 यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए । 48 कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् । 49 तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌ । कालेबकी छोरी अक्‍सा थिइन्‌ । कालेबका सन्‍तान यी नै थिए । 50 एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल, 51 बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप थिए । 52 किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा, 53 र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्‍तोलीहरू यिनीहरूका सन्‍तान भए । 54 सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, 55 अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्‍मतबाट आएका केनीहरू हुन्

3

1 हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए । 2 साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए । 3 अबीतलबाट ठाहिंला शपत्‍याह थिए, र तिनकी पत्‍नी एग्‍लाबाट कान्‍छा यित्राम भए । 4 यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे । 5 शम्‍मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्‍मेका थिए । 6 दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत, 7 नोगह, नेपेग, यापी, 8 एलीशामा, एल्‍यादा र एलीपेलेत थिए । 9 दाऊदका छोराहरू यिनै थिए,जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन्‌ । 10 सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए । 11 यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्‍याह थिए । अहज्याहका छोरा योआश थिए । 12 योआश का छोरा अमस्‍याह थिए । अमस्‍याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए । 13 योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्‍शे थिए । 14 मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए । 15 योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए । 16 यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए । 17 कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल, 18 मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह थिए। 19 पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए । यरुबाबेलका छोराहरू मशुल्‍लाम र हनन्‍याह थिए । तिनीहरूकी बहिनी शलोमीत थिइन्‌ । 20 तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद थिए । 21 हनन्‍याहका छोराहरू पलत्‍याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्‍याह थिए । 22 शकन्‍याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए । 23 नार्याहका छोराहरू एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम थिए । 24 एल्‍यहोएनैका छोराहरू होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।

4

1 यहूदाका सन्‍तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए । 2 शोबाल रायाहका पिता थिए । रायाह यहतका पिता थिए । यहत अहूमै र लहदका पिता थिए । सोरातीहरूका वंश यी नै थिए । 3 एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्‍मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो । 4 पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए । एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए । एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए । 5 तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू हेलह र नारा थिए । 6 नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌ । नाराका छोराहरू यि नै थिए । 7 हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान, 8 र कोस थिए । कोसचाहिं आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए । 9 याबेस आफ्‍ना दाजुभाइभन्‍दा आदरणीय थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन् । तिनले बनिन्, “किनभने मैले त्‍यसलाई वेदनामा जन्‍माएँ ।” 10 याबेसले इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्‍चै आशिष्‌ दिनुहुन्‍छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस् । तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्‍छ, जसले गर्दा म पीडामुक्‍त हुन सक्‍छु ।” यसैले परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो । 11 शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्‍तोनका पिता थिए । 12 एश्‍तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्‍नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए । 13 कनजका छोराहरू ओत्‍निएल र सरायाह थिए । ओत्‍निएलका छोराहरू हतत र मोनोतै थिए । 14 मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए । 15 यपुन्‍नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए । एलाहका छोरा कनज थिए । 16 यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए । 17 एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए । मेरेदले विवाह गरेकी मिश्री बित्‍याहले मिरियम, शम्‍मै र एश्‍तमोका पिता यिश्‍बहलाई जन्‍माइन्‌ । 18 यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए । मेरेदकी यहूदी पत्‍नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन् । 19 नहमकी बहिनी होदियाहकी पत्‍नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्‍तमो थिए । 20 शिमोनका छोराहरू अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन थिए । यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए । 21 यहूदाका छोरा शेलहका सन्‍तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्‍बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू, 22 योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।) 23 यि कुमालेहरू नतैम र गदेरामा बस्‍थे र राजाको निम्‍ति काम गर्थे । 24 शिमियोनका सन्‍तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए । 25 शौलका छोरा शल्‍लूम थिए, शल्‍लूमका छोरा मिब्‍साम थिए, र मिब्‍सामका छोरा मिश्‍मा थिए । 26 मिश्‍माका सन्‍तानहरू तिनका छोरा हम्‍मूएल, तिनका नाति जक्‍कूर, तिनका पनाति शिमी थिए । 27 शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन । 28 तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे । 29 तिनीहरू बिल्‍हा, एसेम, तोलद, 30 बतूएल, होर्मा, सिक्‍लग, 31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्‍म तिनीहरूका सहरहरू यी नै थिए । 32 तिनीहरूका पाँच बस्‍तीहरू एताम, ऐन, रिम्‍मोन, तोकेन र आशान थिए, 33 साथै बालातसम्‍मै वरिपरि तिनीहरूका गाउँहरू थिए । तिनीहरूका बस्‍तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे । 34 वंशका अगुवाहरू मशोबाब, यम्‍लेक, अमस्‍याहका छोरा योशा, 35 योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए, 36 एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, 37 र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए । 38 माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे । 39 तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए । 40 तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्‍त र सूनसान थियो । अघि त्‍यो ठाउँमा हामका मानिसहरू बसेका थिए । 41 यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्‍यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे । तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर । 42 तिबाट, शिमियोनका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएललाई आफ्‍ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए । 43 तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्‍म त्‍यहाँ बसेका छन्‌ ।

5

1 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन । 2 यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो— 3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए । 4 योएलका सन्‍तान यिनै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए । 5 शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए । 6 बालका छोरा बीरह थिए, जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले कैद गरेर लगे । बीरह रूबेनी कुलका अगुवा थिए । 7 आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र 8 योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा, 9 र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो । 10 शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे । 11 गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्‍मै बसेका थिए । 12 योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात । 13 तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना थिए । 14 यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए । 15 गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए । 16 तिनीहरू गिलादमा, बाशान र त्‍यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्‍मै बस्‍थे । 17 यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए । 18 रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे । 19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबलाई आक्रमण गरे । 20 उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्‍वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्‍ति आफ्‍ना परमेश्‍वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्‍नो भरोसा राखे । 21 उनीहरूका गाईवस्‍तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्‍जा गरे । 22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो । तिनीहरू कैदमा नगरेसम्‍म तिनीहरू त्‍यही देशमा बसोबास गरे । 23 मनश्‍शेका आधा कुल बाशानदेखि बाल-हेर्मोन र सेनीरसम्‍म (अर्थात् हेर्मोन पर्वत) बसोबास गरे । 24 तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए । 25 तर तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् । बरु, तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो । 26 इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूललाई (जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर पनि भनिन्थ्यो) उक्‍साउनुभयो । उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जाहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌ ।

6

1 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए । 2 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 3 अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए । 4 एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए । 5 अबीशू बुक्‍कीका पिता भए, बुक्‍की उज्‍जीका पिता भए । 6 उज्‍जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए । 7 मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए । 8 अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए । 9 अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए । 10 योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे । 11 अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए । 12 अहीतूब सादोकका पिता भए, र सादोक शल्‍लूमका पिता भए । 13 शल्‍लूम हिल्‍कियाहका पिता भए, र हिल्‍कियाह अजर्याहका पिता भए । 14 अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए । 15 परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए । 16 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए । 17 गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए । 18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ । 20 गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए । 21 तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए । 22 कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्‍सीर थिए । 23 तिनका छोरा एल्‍काना थिए । तिनका छोरा एब्‍यासाप थिए । तिनका छोरा अस्‍सीर थिए । 24 तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्‍जियाह थिए । तिनका छोरा शौल थिए । 25 एल्‍कानाका छोराहरू अमासै, अहीमोत, 26 अनि एल्‍काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत, 27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए । 28 शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए । 29 मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए । 30 तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्‍गियाह थिए । तिनका छोरा असायाह थिए । 31 सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ । 32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे । 33 आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए । 34 शमूएल एल्‍कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए । 35 तोह सूपका छोरा थिए । सूप एल्‍कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्‍कानाका छोरा थिए । 36 एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्‍याहका छोरा थिए । 37 समपन्याह तहतका छोरा थिए । तहत अस्‍सीरका छोरा थिए । अस्सीर एब्‍यासापका छोरा थिए । एब्‍यासाप कोरहका छोरा थिए । 38 कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए । 39 हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्‍थे । आसाप बेरेक्‍याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए । 40 शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्‍कियाहका छोरा थिए । 41 मल्कियाह एत्‍नीका छोरा थिए । एत्‍नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए । 42 अदायाह एतानका छोरा थिए । एतान जिम्‍माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए । 43 शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए । 44 हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए । 45 मल्लूक हशब्‍याहका छोरा थिए । हशब्याह अमस्‍याहका छोरा थिए । अमस्याह हिल्‍कियाहका छोरा थिए । 46 हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए । 47 शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए । 48 तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो । 49 हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए । 50 हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए । 51 अबीशूका छोरा बुक्‍की थिए । बुक्‍कीका छोरा उज्‍जी थिए । उज्‍जीका छोरा जरयाह थिए । 52 जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए । 53 अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए । 54 हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) । 55 उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्‍यसका खर्कहरू दिए, 56 तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए । 57 हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्‍थानको सहर) र लिब्‍ना, यत्तीर, र एश्‍तमोका खर्कहरूसहित, 58 खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए । 59 अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए । 60 अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो । 61 कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो । 62 गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो । 63 मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए । 64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए । 65 माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो । 66 कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए । 67 तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित, 68 खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन, 69 खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो । 70 मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने । 71 गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए । 72 इस्‍साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत, 73 खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए । 74 इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्‍दोन, 75 खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्‍त गरे । 76 तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्‍मोन र खर्कहरूसहित किर्यातैम, प्राप्‍त गरे । 77 मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम, कर्तह, रिम्‍मोनो र खर्कहरूसहित तबोर प्राप्‍त गरे, 78 अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह, 79 खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात, 80 लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम, 81 खर्कहरूसहित हेश्‍बोन र खर्कहरूसहित याजेर प्राप्‍त गरे ।

7

1 इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए । 2 तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो । 3 उज्‍जीका छोरा यिज्‍यहि थिए । यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्‍याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए । 4 तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए । 5 इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए । 6 बेन्‍यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए । 7 बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो । 8 बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्‍योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए । 9 तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए । 10 येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए । 11 यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए । 12 (शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।) 13 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए । 14 मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् । तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्‌ । 15 माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए । 16 माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् र तिनको नाउँ तिनले पेरेश राखिन्‌ । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए । 17 ऊलामका छोरा बदान थिए । मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए । 18 गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद, अबीएजेर र महलाल लाई जन्माइन् । 19 शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए । 20 एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए । 21 तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।) 22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए । 23 तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन्‌ र एउटा छोरा जन्‍माइन्‌ । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो । 24 तिनकी छोरी शेराह थिइन्, जसले तल्‍लो र माथिल्‍लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन्‌ । 25 तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए । 26 तहनका छोरा लादान थिए । लादानका छोरा अम्‍मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए । 27 एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए । 28 तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए । 29 मनश्‍शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे । 30 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । 31 बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्‍कीएल थिए । 32 हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् । 33 यप्‍लेतका छोराहरू पासक, बिम्‍हाल र अश्‍वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए । 34 यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए । 35 शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए । 36 सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह, 37 बेसेर, होद, शामा, शिल्‍शा, यित्रान र बीरा थिए । 38 येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए । 39 उल्‍लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए । 40 यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो ।

8

1 बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह, 2 नोहा र रफाका थिए । 3 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, 4 अबीशू, नामान, अहोह, 5 गेरा, शपूपान र हुराम थिएन । 6 एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए: 7 नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए । 8 आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने । 9 सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम, 10 यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए । 11 तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए । 12 एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) । 13 बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए । 14 बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत, 15 जबदियाह, आराद, एदेर, 16 मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए । 17 एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर, 18 यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए । 19 शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी, 20 एलीएनै, सिल्‍लतै, एलीएल, 21 अदायाह, बरायाह र शिम्रात थिए । 22 शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल, 23 अब्‍दोन, जिक्री, हानान, 24 हनन्‍याह, एलाम, अन्‍तोतियाह, 25 यिपदिया र पनूएल । 26 यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह, 27 यारेश्‍याह, एलिया र जिक्री । 28 यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए । 29 गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो । 30 तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब, 31 गदोर, अहियो, र जेकेर, थिए । 32 यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे । 33 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए । 34 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए । 35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए । 36 आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए । 37 मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए । 38 आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए । 39 तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए । 40 ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै , जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।

9

1 यसरी सरा इस्राएलको वंशाक्रमको लेख राखियो । ती इस्राएलका राजाहरूका पुस्तकमा लेखिए । यहूदाचाहिं आफ्‍नो पापले गर्दा कैद गरेर बेबिलोनमा लगियो । 2 सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिं कोही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्‍दिरका सेवकहरू थिए । 3 यहूदा, बेन्‍यामीनी, एफ्राइम र मनश्‍शेका केही सन्तानहरू यरूशलेममा बसोबास गरे । 4 बसोबास गर्नेहरूमा अम्‍मीहूदका छोरा उतै, जो ओम्रीका छोरा, जो इम्रीका छोरा, जो बानीका छोरा, जो यहूदाका छोरा फारेसका सन्‍तानमध्ये एक जना थिए । 5 शीलोनीहरूमा जेठा छोरा असायाह र तिनका छोराहरू थिए । 6 जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो । 7 बेन्‍यामीनका सन्तानहरूमा मशुल्लामका छोरा सल्लु, जो होदबियाका छोरा, जो हस्‍सेनूअका छोरा थिए । 8 यरोहामका छोरा यिब्‍नियाह; उज्‍जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्‍लाम, जो शपत्‍याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए । 9 वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्‍ख्‍या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्‍ना पिताका घरानाहरूका निम्‍ति मुखियाहरू थिए । 10 यदायाह, यहोयारीब, र याकीन पुजारीहरू थिए । 11 हिल्‍कियाहका छोरा अजर्याह, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जसले परमेश्‍वरको मन्‍दिरको जिम्‍मेवारी पाएका थिए । 12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए । अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्‍लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्‍मेरका छोरा थिए । 13 आफ्‍ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्‍वरका भवनको सेवासम्‍बन्‍धी काम गर्नलाई योग्‍यका मानिसहरू थिए । 14 लेवीहरूमा शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारीका सन्‍तानमध्‍येका थिए । 15 बक्बक्‍कर, हारेश, गालाल अनि मत्तन्‍याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा पनि थिए । 16 अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । अनि बेरेक्‍याह, जो आसाका छोरा, जो एल्‍कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्‍थे । 17 शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू ढोकेहरू थिए । तिनीहरूका अगुवा शल्‍लूम थिए । 18 यस अगि तिनीहरू लेवीका सन्‍तानहरूका छाउनीका निम्‍ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए । 19 शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्‍मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे । 20 पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो । 21 मेशेलेम्‍याहका छोरा जकरिया मन्‍दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए । 22 प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्‍या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए । 23 यसैले तिनीहरू र तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे । 24 ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो । 25 आफ्‍ना गाउँहरूमा बस्‍ने तिनीहरूका दाजुभाइ एक पल्‍टमा सात दिनका लागि पालैपालो आउँथे । 26 तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो । 27 तिनीहरू परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे । 28 तिमध्‍ये कोहीले मन्‍दिरका सामानहरूको जिम्मेवार थिए । सरसामान भित्र ल्‍याउँदा र बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे । 29 तिमध्‍ये कोहीचाहिं पवित्र सामानहरू, अन्य सामानहरू र पीठो, दाखमद्य, तेल, धूप र मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए । 30 पुजारीहरूका छोराहरूमध्‍ये कसैले मसला मिसाउँथे । 31 कोरही शल्‍लूमका जेठा छोरा लेवी मत्तित्‍याहको भेटीका रोटीहरू तयार गर्ने कामका निरीक्षक थिए । 32 तिनीहरूका दाजुभाइहरूमध्ये कोही, कोहातीहरूका सन्तानहरू, हरेक शबाथ-दिनमा उपस्‍थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए । 33 गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो । 34 ती सबै जना आफ्‍ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्‍य मानिसहरू थिए । तिनीहरू यरूशलेममा बस्‍थे । 35 गिबोनका पिता यीएल गिबोनमा बस्‍थे, जसकी पत्‍नीको नाउँ माका थियो । 36 तिनका जेठा छोरा अब्‍दोन, अनि तिनका छोराहरू सूर, कीश, बाल, नेर, नादाब, 37 गदोर, अहियो, जकरिया र मिक्‍लोत थिए । 38 मिक्‍लोत शिमामका पिता थिए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना दाजुभाइको नजिकै बस्‍थे । 39 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए । 40 जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए । 41 मीकाका छोराहरू पीतोन, मेलेक, तहरै र आहाज थिए । 42 आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए । 43 मोस बेनेका पिता थिए । बेने रपायाहका पिता थिए । रपायाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए । 44 आसेलका छ जना छोराहरू अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान थिए । यी सबै आसेलका छोराहरू थिए ।

10

1 यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्‍तीहरूको सामुबाट भागे र गिल्‍बो डाँडामा मरे । 2 पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे । 3 शाऊलको विरुद्धमा युद्ध कठिन भयो, र धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र उनीहरूले तिनलाई घाइते बनाए । 4 त्यसपछि शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन्‌ ।” तर तिनको हतियार बोक्‍नेले त्‍यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए । 5 जब तिनको हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब ऊ पनि त्यसरी नै आफ्‍नो तरवारमा छेडिएर मर्‍यो । 6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे । 7 जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे । 8 भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए । 9 उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए । 10 उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे । 11 जब याबेश-गिलादमा भएका सबैले पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा सुने, 12 तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्‍याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्‍याए । तिनीहरूका हड्‍डीहरू त्‍यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्‍म उपवास बसे । 13 यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए। 14 तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।

11

1 त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ । 2 हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।” 3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो । 4 दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए । 5 यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए । 6 दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्‍दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो । 7 तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे । 8 टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्‍म किल्‍लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे । 9 दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो । 10 इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए 11 दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्‍मोनी याशोबाम अधिकारीहरूका कमान्‍डर थिए । तिनले एकपल्‍ट तिन सय जनालाई भालाले मारेका थिए । 12 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्‍ये एक थिए । 13 तिनी दाऊदसँग पास-दम्‍मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्‍तीहरू युद्धको निम्‍ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो । 14 तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो । 15 तब ती तिस जना मुख्‍य अगुवामध्‍ये यी तिन जना अदुल्‍लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्‍तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए । 16 त्‍यस बेला दाऊदचाहिं आफ्‍नो किल्ला अर्थात् एउटा गुफामा थिए, जबकी पलिश्‍तीहरूले बेथलेहेममा आफ्‍नो छाउनी हालेका थिए । 17 दाऊदलाई तिर्खा लाकेको थियो र तिनले भने, “कसैले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी ल्याएर पिउन दिए हुन्‍थ्‍यो!” 18 यसैले ती तीन जना वीर मानिसले पलिश्‍तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए । तिनीहरूले त्‍यो पानी लिए र त्‍यो दाऊदकहाँ ल्‍याए, तर तिनले त्‍यो पिउन इन्‍कार गरे । बरु, तिनले त्‍यो परमप्रभुमा खन्‍याए । 19 तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस् ! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्‍यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए । 20 योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्‍ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्‍लेख गरिएको छ । 21 तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्‍येका एक जना भने थिएनन् । 22 यहोयादाका छोरा बनायाह कब्‍सेलका वीर योद्धा थिए, जसले महान् कामहरू गरे । तिनले मोआबका एरिएलका दुई छोरालाई मारे । तिनी एक दिन एउटा खाडलभित्र गए र हिउँ परिरहेको बेलामा एउटा सिंहलाई मारे । 23 तिनले पाँच हात अल्‍गो एक जना मिश्रीलाई पनि मारे । त्यस मिश्रीको भाला कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्‌न गए । तिनले त्‍यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्‍नै बालाले उसलाई मारे । 24 यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो । 25 तिस जना सामान्‍य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्‍मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्‍ना अङ्गरक्षकका निरीक्षक तुल्‍याए । 26 वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान, 27 हारोरी शम्‍मोत, पेलोनी हेलेस, 28 तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर, 29 हूशाती सिब्‍बकै, अहोही ईलै, 30 नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद, 31 बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह, 32 गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल, 33 बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा, 34 गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन, 35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल, 36 मकेराती हेपेर, पेलोनी अहियाह, 37 कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै, 38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार, 39 अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति), 40 यित्री ईरा, यित्री गारेब, 41 हित्ती उरियाह, अहलैका छोरा जाबाद, 42 रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना, 43 माकाका छोरा हानान, मित्‍नी योशापात, 44 अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल, 45 शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ), 46 महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा, 47 एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।

12

1 कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए । 2 यिनीहरू धनुहरू बोक्‍थे, अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे । यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए । 3 तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू, 4 गिबोनी यिश्‍मायाह, जो तिस जनामध्‍येका एक सिपाही थिए (र तिस जनाका कमाण्‍डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद, 5 एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह, 6 कोरहवंशी एल्‍काना, यिश्‍याह, अज्रेल, योएजेर र याशोबाम, 7 गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए । 8 कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए । 9 एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब, 10 चौथा मिश्‍मन्‍ना, पाँचौं यर्मिया, 11 छैटौं अत्तै, सातौं एलीएल, 12 आठौं योहानान, नवौं एल्‍जाबाद, 13 दशौं यर्मिया र एघारौं मकबन्‍ने थिए । 14 गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्‍लो दर्जाले सय जना र माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे । 15 पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्‍यकाको पूर्व र पश्‍चिम दुवैतर्फ बस्‍ने सबैलाई लखेटे । 16 बेन्‍यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए । 17 तिनीहरूलाई भेट्‌न दाऊद बाहिर निस्‍केर गए र यसो भनेर सम्‍बोधन गरे, “तिमीहरू मकहाँ शान्‍तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्‍छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्‍पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले हेर्नुहुन्‍छ र तिमीहरूलाई हप्‍काउनुहुन्‍छ, किनकि मैले कुनै खराबी गरेको छैन ।” 18 तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए । 19 पलिश्‍तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्‌न जाँदा, मनश्‍शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्‍तीहरूलाई मदत गरेनन्, किनभने पलिश्‍तीहरूका शासकहरूले एकआपसमा सल्‍लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्‍ना मालिक शाऊलको साथ दिएर हामीलाई त्‍याग्‍नेछन् ।” 20 तिनी सिक्‍लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै थिए । यि मनश्‍शेका हजार-हजार जनाका सेनानीहरू थिए । 21 यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्‍डरहरू भए । 22 परमेश्‍वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए । 23 शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्‍न आएका सिपाहीहरूका सूचीको लेख यही हो । 24 ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए । 25 शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए । 26 लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए । 27 तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए । 28 अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्‍नै बाबुका परिवारका बाईस जना अगुवा थिए । 29 शाऊलका कुल बेन्‍यामीनबाट तिन हजार जना थिए । तिमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलप्रति निष्‍ठावान् थिए । 30 एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए । 31 मनश्‍शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए । 32 इस्‍साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए । 33 जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्‍ति तयार भएका र एकचित्त किसिमले निष्‍ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए । 34 नप्‍तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू थिए । 35 दानबाट लडाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू थिए । 36 आशेरबाट लडाइँको निम्‍ति तयार भएका ४०,००० योद्धाहरू थिए । 37 यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए । 38 युद्धको निम्‍ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए । 39 तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए । 40 यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।

13

1 दाऊदले आफ्‍ना हजार र सयका कमाण्‍डरहरू, हरेक अगुवाहरूसँग सल्‍लाह लिए । 2 तब तिनले इस्राएलका जम्‍मै समुदायलाई भने, “तपाईंहरूलाई असल लाग्छ भने, र यो परमप्रभु हाम्रा परमेश्‍वरबाट आएको हो भने, इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू, र तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी र लेवीहरूकहाँ हामी समाचार पठाऔं । हामीसँग सहभगी हुन तिनीहरूलाई भनियोस् । 3 हाम्रा परमेश्‍वरको सन्‍दूकलाई हामी आफूकहाँ फर्काएर ल्‍याऔं, किनकि शाऊलको राज्‍यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।” 4 तब सबै समुदायले त्‍यसो गर्न सहमती दिए, किनभने सबै मानिसको दृष्‍टिमा ती कुरा उचित लाग्यो । 5 यसैले किर्यत-यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्‍मका सारा इस्राएललाई दाऊदले भेला गराए । 6 तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्‍नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात्‌ किर्यत-यारीममा उक्‍लेर गए । 7 त्यसैले तिनीहरूले परमेश्‍वरको सन्‍दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्‍जाह र अहियोले उक्‍त गाडा धकेल्‍दै थिए । 8 दाऊद र सम्‍पूर्ण इस्राएलले परमेश्‍वरको सामु आफ्‍नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्‍याली र तुरहीको साथमा गाउँदै थिए । 9 जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्‍जाहले सन्‍दूक समात्‍नलाई आफ्‍नो हात बढाए, किनभने गोरुहरूलाई ठेस लाग्‍यो । 10 तब परमप्रभुको क्रोध उज्‍जाहको विरुद्ध दन्कियो, र परमेश्‍वरले तिनलाई मार्नुभयो, किनकि उज्‍जाहले आफ्‍नो हात बढाएर सन्‍दूक छोएका थिए । तिनी परमेश्‍वरको सामु त्‍यहीं मरे । 11 परमप्रभुले उज्‍जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्‍जाह भनिन्छ । 12 त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए । तिनले भने, “परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन म सक्‍छु?” 13 यसैले दाऊदले उक्‍त सन्‍दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे । 14 यसरी सन्‍दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्‍म रह्‍यो । यसैले परमप्रभुले तिनको घर र तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभयो ।

14

1 तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्‍ति एउटा महल बनाए । 2 अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्‍याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्‍नो राज्यलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो । 3 यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए । 4 यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन, 5 यिभार, एलीशूअ, एल्‍पेलेत, 6 नोगह, नेपेग, यापी, 7 एलीशामा, बेलीयादा र एलीपेलेत । 8 अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए । 9 अब पलिश्‍तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए । 10 तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।” 11 यसैले तिनीहरू बाल-पराजीमसम्‍म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्‍ने बाढीले किनार भत्काएझैं परमेश्‍वरले मेरा शत्रुहरूलाई मद्वारा भत्‍काउनुभयो ।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम रह्‍यो । 12 पलिश्‍तीहरूले आफ्‍ना देवताहरू त्‍यहीं छोडे र तिनलाई जलाउनु भन्‍ने हुकुम दाऊदले दिए । 13 तब पलिश्‍तीहरूले फेरि पनि उक्‍त बेंसीमा आक्रमण गरे । 14 त्यसैले दाऊदले फेरि पनि परमेश्‍वरसँग मदत मागे । परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले अगाडिबाट आक्रमण गर्नुहुँदैन, तर उनीहरूको पछिल्‍तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा । 15 जब तैंले लहरे-पीपलका रूखका टुप्‍पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्‍वर तिमीहरूका अगिअगि पलिश्‍तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।” 16 यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे । 17 तब दाऊदको ख्‍याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।

15

1 दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे । 2 तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।” 3 त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए । 4 दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए । 5 कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए । 6 मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए । 7 गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए । 8 एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए । 9 हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए । 10 उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए । 11 दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए । 12 तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ । 13 तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।” 14 यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे । 15 यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए । 16 लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए । 17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे । 18 तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल । 19 सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्‍यालीहरू बजाउन नियुक्त गरियो । 20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए । 21 मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे । 22 लेवीहरूका अगुवा कनन्‍याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए । 23 बेरेक्‍याह र एल्‍काना सन्‍दूकका गार्डहरू थिए । 24 शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका गार्डहरू थिए । 25 यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए । 26 परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए । 27 सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए । 28 यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए । 29 तर जब परमप्रभुका करारको सन्‍दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्‍यालबाट बाहिर हेरिन् । उनले दाऊद राजालाई नाच्‍दै र उत्सव मनाउँदै गरेका देखिन् । तब उनले आफ्‍नो मनमा तिनलाई तुच्‍छ ठानिन्‌ ।

16

1 तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए । 2 दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए । 3 तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए । 4 परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे । 5 ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो । 6 बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो । 7 तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे । 8 परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर । 9 उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर । 10 उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्‌ । 11 परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्‍थिति खोज । 12 उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर, 13 ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो । 14 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌ । 15 आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ। 16 उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ । 17 यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो । 18 उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।” 19 तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए, 20 तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए । 21 उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो । 22 उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।” 23 हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर । 24 जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर । 25 किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ । 26 किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो । 27 उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ । 28 मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ । 29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्‍याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर । 30 हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन । 31 स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।” 32 समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ । 33 अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ । 34 परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ । 35 तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।” 36 परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।” 37 यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे । 38 ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए । 39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो । 40 परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो । 41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ । 42 पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे । 43 तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।

17

1 राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ ।” 2 तब नातानले दाऊदलाई जवाफ दिए, “ जानुहोस्, आफ्‍नो मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।” 3 तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो, 4 “जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्‌ । 5 किनकि इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यता आजको दिनसम्‍म म कहिल्‍यै घरमा बसेको छैनँ । बरू, विभिन्‍न ठाउँमा पवित्र पालसम्‍म म बस्‍दैआएको छु । 6 सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस्?” 7 “अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ । 8 तँ जहाँ गए पनि म तँसँगै छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्‍वीमा भएका महान्‌ व्‍यक्तिहरूझैं प्रसिद्ध तुल्‍याउनेछु । 9 म आफ्‍ना मानिस इस्राएलको निम्‍ति एउटा ठाउँ तोक्‍नेछु ताकि तिनीहरू आफ्‍नै देशमा बसून् र फेरि कष्‍टमा नपरून् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्, 10 जसरी मैले आफ्‍ना मानिस इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्‍दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु । 11 जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु । 12 उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु । 13 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्‍दा पहिले राज्‍य गर्ने शाऊलबाट मेरो आफ्‍नो करारको विश्‍वस्‍तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ । 14 उसलाई म आफ्‍नो मन्‍दिर र मेरो राज्‍यमाथि सधैंको निम्‍ति राख्‍नेछु, र उसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ ।” 15 नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए । 16 तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ? 17 किनकि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा यो त सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घरानालाई भविष्यको बारेमा बोल्‍नुभएको छ, र मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको छ । 18 म दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्‍न सक्छु र? तपाईंले आफ्‍नो दासलाई विशेष आदर गर्नुभएको छ । 19 हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ । 20 हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन । 21 किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्‍वरले महान्‌ र भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्‍ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो । 22 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्‍नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ । 23 यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् । 24 तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’ 25 किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु । 26 अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ, र आफ्‍नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः 27 तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदाको निम्ति आशिषित हुनेछ ।”

18

1 यसपछि दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्‍यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए । 2 तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । 3 सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्‍नो राज्‍य स्‍थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे । 4 एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्‍जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे । 5 जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्‍कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे । 6 तब दाऊदले दमस्‍कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो । 7 हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए । 8 तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँडाहरू बनाए । 9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्‍मै सेनालाई परास्‍त गरेको कुरा हमातका राजा तोऊले सुने, 10 तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्‍ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्‍ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्‍न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए । 11 दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे । 12 सरूयाहका छोरा अबीशैले नूनको उपत्‍यकामा अठाह्र हजार एदोमीलाई मारे । 13 तिनले एदोममा सेनाको छाउनी राखे, र सबै एदोमी अब दाऊदका सेवक भए । दाऊद जहाँ गए त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो । 14 दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै मानिसहरूको न्‍याय र धार्मकता कायम गरे । 15 सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए, र अहीलूदका छोरा यहोशापात लेखापाल थिए । 16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए, र शब्‍शा सचिव थिए । 17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।

19

1 त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए । 2 दाऊदले भने, “म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु, किनकि तिनका पिताले मलाई दया देखाए ।” यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए । दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे । 3 तर अम्‍मोनी राजकुमारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन्‌ भनी के तपाईं सम्‍झनुहुन्‍छ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन्‌ र?” 4 यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका कपाल खौरिदिए, र काँधदेखि कम्मरसम्‍म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए । 5 जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए, तिनले तिनीहरूसित भेट गर्न पठाए, किनकि तिनीहरूको साह्रै लाजमा पारिएका थिए । राजाले भने, “तिमीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस र त्यसपछि फर्क ।” 6 जब अम्‍मोनीहरूले आफूहरूला दाऊदको दृष्‍टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्‍मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोडा चाँदी पठाए । 7 उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए । त्यसपछि अम्‍मोनीहरूचाहिं आ-आफ्‍ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए । 8 जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए । 9 अम्‍मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए । 10 जब योआबले आफूलाई अगि र पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए, तब तिनले केही असल इस्राएली फौजलाई लिए र अरामीहरूको विरुद्ध तयार पारे । 11 तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको कमाण्‍डमा दिए, र उनीहरूलाई तिनले अम्‍मोनीहरूको विरुद्ध यद्धमा खडा गरे । 12 योआबले भने, “अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु । 13 साहसिलो होऊ! हामी आफ्‍ना मानिस र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ ।” 14 यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्‍न बाध्य पारिए । 15 जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए । 16 जब अरामीहरूले आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्‍डर शोपकको कमाण्‍डमा भएका अरू अरामी सेनालाई बोलाए । 17 जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे । 18 आरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू मारे । तिनले सेनाका कमाण्‍डर शोपकलाई पनि मारे । 19 हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌ ।

20

1 बसन्‍त ऋतुको समय, अर्थात् समान्‍यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्‍मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्‍बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे । 2 दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्‍यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्‍यसमा बहुमूल्‍य रत्‍नहरू जडिएका थिए । त्‍यो शिरपेच दाऊदको आफ्‍नो शिरमा लाइयो, र तिनले त्‍यस सहरबाट धेरै परिणाममा लुटपाट गरे । 3 त्‍यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्‍चराहरूका काममा लगाए । दाऊदले अम्‍मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्‍तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के । 4 यसको केही समयपछि गेजेरमा पलिश्‍तीहरूसँग लडाइँ भयो । हूशाती सिब्‍बकैले रपाईहरूका सन्‍तानमध्‍ये एक सिप्‍पैलाई मारे, र पलिश्‍तीहरूलाई अधीन गरियो । 5 पलिश्‍तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्‍हानानले गित्तीको गोल्‍यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो । 6 गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो । त्‍यो पनि रफाको सन्‍तान थियो । 7 जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे । 8 तिनीहरू गातका रफाका सन्‍तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।

21

1 इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो र आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो । 2 दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।” 3 योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् । तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?” 4 तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए । 5 त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए । 6 तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो । 7 यो कामबाट परमेश्‍वर अप्रसन्‍न हुनुभयो, अनि उहाँले इस्राएललाई आक्रमण गर्नुभयो । 8 दाऊदले परमेश्‍वरलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब आफ्‍नो दासको दोषलाई हटाउनुहोस्, किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु ।” 9 परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्‍नुभयो, 10 “गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः तँलाई म तिनवटा कुरा रोज्‍न दिन्‍छु । तिमध्ये एउटा रोज ।’” 11 यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ, ‘यिमध्ये एउटा रोज: 12 तिन वर्षसम्‍मको अनिकालको कुरा, वा तेरा शत्रुहरूले तीन महिनासम्‍म खेद्‍ने र उनीहरूका तरवारले मारिने कुरा, वा तिन दिनको लागि परमप्रभुको तरवार, अर्थात् परमप्रभुका दूतले इस्राएलका सम्‍पूर्ण ठाउँमा विनाश ल्‍याउने एउटा विपत्तिको कुरा ।’ त्‍यसो हो भने, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो सो अब निर्णय गर्नुहोस् ।” 13 तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्‍टमा परेको छु! मानिसको हातमा पर्नुभन्दा मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनकि उहाँका करुणामय कामहरू धेरै महान् छन् ।” 14 त्यसैले परमप्रभुले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र सत्तरी हजार मानिसहरू मरे । 15 परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो । तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो । ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम ।” त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए । 16 दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे । तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे । 17 दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।” 18 यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने । 19 यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्‍यहाँ उक्‍लेर गए । 20 अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्‍वर्गदूतलाई देखे । तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए । 21 दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके । 22 तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।” 23 अरौनाले दाऊदलाई भने, “त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू, दाउराको निम्‍ति काठहरू र अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।” 24 दाऊद राजाले औरानलाई भने, “होइन, पुरै दाम तिरेर नै म यसलाई किन्छु । तिम्रो जे छ त्‍यो लिने अनि मेरो दाम नपरी त्‍यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम म गर्दिन ।” 25 यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का तिरे । 26 दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र त्‍यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो । 27 तब परमप्रभुले त्‍यो स्‍वर्गदूतलाई आज्ञा दिनुभयो र स्‍वर्गदूतले आफ्नो तरवारलाई त्‍यसको म्‍यानमा राखे । 28 जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए । 29 त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए । 30 तापनि परमप्रभुको अगुवाइ माग्‍न दाऊद त्‍यहाँ जान सकेनन्, किनकि ती स्‍वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए ।

22

1 तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।” 2 यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए । 3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा, 4 र गन्‍न सक्‍नेभन्‍दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्‍त मात्रामा देवदारु दाऊदकहाँ ल्‍याइदिए) । 5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्‍ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्‍नो मृत्‍यु हुनुअगि ठुलो तयारी गरे । 6 तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए । 7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो । 8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ । 9 तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु । 10 मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’ 11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्। 12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् । 13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो । 14 अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्‍नुपर्छ । 15 तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्, 16 जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।” 17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए, 18 “परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन्‌ । 19 अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”

23

1 जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए । 2 पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए । 3 तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो । 4 “तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए । 5 चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ," दाऊदले भने । 6 तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे । 7 लादान र शिमी गेर्शोनका वंशका थिए । 8 लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए । 9 शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए । 10 शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए । 11 यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए । 12 कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 13 अम्रामका छोराहरू हारून र मोशा थिए । अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो । तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो । 14 तर परमेश्‍वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए । 15 मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए । 16 गेर्शोमका सन्‍तानमा शूबाएल जेठा थिए । 17 एलीएजरका सन्‍तान रहब्‍याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए । 18 यिसहारका छोरा अगुवा शलोमीत थिए । 19 हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्‍छ थिए । 20 उज्‍जीएलका छोराहरू मीका जेठा र यिशियाह माइला थिए । 21 मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए । 22 एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे । 23 मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए । 24 आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए । 25 किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ । 26 लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन ।” 27 किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए । 28 तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो । 29 उपस्‍थितिको रोटी, अन्‍नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्‍न कुराहरू नाप्‍नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्‍मा पनि तिनीहरूको थियो । 30 हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका, 31 र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो । 32 तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।

24

1 हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार । 2 नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे । 3 दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे । 4 ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो । 5 तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए । 6 नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो । 7 पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको, 8 तेस्रो हारीमको, चौथो सोरीमको, 9 पाँचौं मल्‍कियाहको, छैटौं मियामीनको, 10 सातौं हक्‍कोसको, आठौं अबियाको, 11 नवौं येशूअको, दशौं शकन्‍याहको, 12 एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको, 13 तेह्रौं हुप्‍पाको, चौधौं येशेबाबको, 14 पन्‍ध्रौं बिल्‍गाको, सोह्रौं इम्‍मेरको, 15 सत्रौं हेजीरको, अठारौं हप्‍पिसेसको, 16 उन्‍नाईसौं पतहियाहको, बीसौं यहेजकेलको, 17 एक्‍काईसौं याकीनको, बाईसौं गमूएलको, 18 तेईसौं दलायाहको र चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो । 19 परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो । 20 बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह । 21 रहब्‍याहका छोराहरूबाटः अगुवा यिशियाह । 22 यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत । 23 हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम । 24 उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर । 25 मीकाका भाइः यिश्‍याह । यिश्‍याहका छोराहरूबाट: जकरिया । 26 मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो । 27 यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री । 28 महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ । 29 कीशबाट: कीशका छोराः यरहमेल । 30 मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए । 31 आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।

25

1 दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः 2 आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले । 3 यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे । 4 हेमानका छोराहरूबाटः बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत । 5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो । 6 तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए । 7 सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो । 8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे । 9 आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो, जम्मा १२ जना, 10 तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना, 11 चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना, 12 पाँचौं नतन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 13 छैटौं बुक्‍कियाह र तिनका छोराहरू र लाई पर्‍यो, जम्मा १२ जना, 14 सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 15 आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 16 नवौं मत्तन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 17 दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा बाह्र जना, 18 एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 19 बाह्रौं हशब्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 20 तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 21 चौधौं मत्तित्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 22 पन्‍ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 23 सोह्रौं हनन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 24 सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 25 अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 26 उन्‍नाईसौं मल्‍लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 27 बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 28 एक्‍काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 29 बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 30 तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना, 31 चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना ।

26

1 द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए । 2 मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल, 3 ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए । 4 ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल, 5 अन्‍तरे अम्‍मीएल, जन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै, किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष्‌ दिनुभएको थियो । 6 तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए । 7 शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए । 8 यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए । 9 मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए । 10 मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए), 11 माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए । 12 तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो । 13 तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले । 14 जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो । 15 ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो । 16 शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो । 17 पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्‍थे । 18 पश्‍चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो । 19 द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो । 20 लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए । 21 लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र 22 यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए । 23 अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः 24 मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए । 25 एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्‍याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए । 26 दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्‍डरहरू र सेनाका अरू कमाण्‍डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो । 27 तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति छुट्याएका थिए । 28 अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्‍ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्‍मामा थिए । 29 यिसहारीका सन्तानहरूबाट, कनन्‍याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए । 30 हेब्रोनका सन्तानहरूबाट, हशब्‍याह र तिनका दाजुभाइ १,७०० योग्‍य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए । 31 हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए । 32 यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।

27

1 यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए । 2 पहिलो महिनाको भाग जब्‍दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 3 तिनी फारेसका सन्‍तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए । 4 अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए । मिक्‍लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 5 अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्‍डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 6 यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्‍मीजाबाद तिनको दलमा थिए । 7 चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 8 पाँचौं महिनाको लागि यिज्‍याहका सन्तान शम्‍हूत कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 9 छैटौं महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 10 सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 11 आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 12 नवौं महिनाको लागि बेन्‍यामीन कुलका अनातोती अबीएजेर कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 13 दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 14 एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 15 बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए । 16 इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए । 17 लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्‍याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए । 18 यहूदाका कुलका निम्ति दाऊदका दाजु एलीहू अगुवा थिए । इस्‍साखारका कुलका निम्ति मिखाएलका छोरा ओम्री अगुवा थिए । 19 जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्‍मायाह अगुवा थिए । नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए । 20 एफ्राइमका कुलका निम्ति अजज्‍याहका छोरा होशिया अगुवा थिए । मनश्‍शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए । 21 गिलादमा भएका मनश्‍शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए । बेन्‍यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए । 22 दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए । इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए । 23 दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो । 24 सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌ । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो । यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन । 25 राजाका भण्‍डारहरूको जिम्‍मा अदीएलका छोरा अज्‍मावेतलाई दिइयो । देशका, सहरहरूका, गाउँहरूका र किल्‍ला भएका सहरहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा दिइयो । 26 देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए । 27 दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए, अनि दाख र दाखमद्य व्‍यापारीको जिम्‍मा शेपेमी जब्‍दीको दिइयो । 28 तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो । 29 शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए, र बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए । 30 ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए । 31 हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए । 32 दाऊदका काका जोनाथन सल्‍लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्‍त्री थिए । हक्‍मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे । 33 अहीतोपेल राजाका सल्‍लाहकार थिए, र अरकी मानिसका हूशै राजाका व्‍यक्‍तिगत सल्‍लाहकार थिए । 34 अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्‍डर थिए ।

28

1 दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे । 2 तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें । 3 तर परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘मेरो नाउँको निम्‍ति तैंले मन्‍दिर बनाउनेछैनस्, किनभने तँ लडाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्‌ ।’ 4 तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो । 5 परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्‍ये इस्राएलमाथि परमप्रभुको राज्‍यको सिंहासनमा बस्‍न उहाँले मेरो छोरो सोलोमनलाई चुन्‍नुभयो । 6 उहाँले मलाई भन्‍नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु । 7 आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने, म उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु ।’ 8 अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति र हाम्रा परमेश्‍वरको उपस्‍थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालना गर्नु र निरन्तरता दिनुपर्छ । यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ र आफ्‍नो पैतृकअंशझैं तिमीहरूपछिका सन्‍तानहरूलाई दिन सक्‍नेछौ । 9 ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ । 10 यसैले याद राख, यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको छ । बलियो होऊ, र यो काम गर ।” 11 तब दाऊदले आफ्‍ना छोरा सोलोमनलाई मन्‍दिरको दलान र त्‍यसका भवन, भण्‍डारहरू, कौसीहरू, भित्री कोठाहरू र प्रायश्‍चित गर्ने कोठाका नक्‍शा दिए । 12 तिनले परमप्रभुको मन्‍दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका भेटी राख्‍ने भण्‍डारहरूका निम्‍ति नक्‍शाहरू दिए । 13 उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्‍ति र परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम र त्‍यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्‍ति निर्देशनहरू दिए । 14 हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए, 15 सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्‍ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए । 16 उपस्‍थितिको रोटीको हरेक टेबलको निम्‍ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए । 17 तिनले मासुका काँटाहरू, छर्कने बाटाहरू र कचौराहरूका निम्‍ति निखुर सुनको तौल दिए । तिनले हरेक सुन र चाँदीको भाँडाको निम्‍ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए । 18 तिनले धूप-वेदीको निम्‍ति पनि निखुर सुनको तौल तोकिदिए, अर्थात्‌ आफ्‍ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्‍दूकलाई छेक्‍ने सुनका करूबहरूका निम्‍ति पनि तिनले सुनको तौल दिए । 19 दाऊदले भने, “जसरी परमप्रभुले मलाई निर्देशन दिनुभयो र नक्साको समझ मलाई दिनुभयो त्‍यसरी नै मैले यी सबै कुराहरू लेखेको छु ।” 20 दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ । यो काम गर । नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ । परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई छोड्‍नुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ । 21 हेर, परमप्रभुको मन्‍दिरका सबै सेवा गर्न पुजारी र लेवीका दलहरू तयार छन्‌ । तिम्रो काममा सहायता गर्न र सेवाको काम गर्नलाई तिनीहरू र खुशीसाथ कुनै पनि काम गर्ने सिपालु मानिसहरू तिम्रो साथमा हुनेछन् । अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक आज्ञा शिरोपर गर्न तयार छन् ।”

29

1 राजा दाऊदले सारा सभालाई भने, “परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान्‌ छ । किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो । 2 यसैले मेरा परमेश्‍वरको मन्दिरको निम्ति सामाग्री जुटाउन मैले सकेसम्‍म प्रयास गरेको छु । सुनबाट बनाइने कुराहरूका निम्ति सुन, चाँदीबाट बनाइने कुराहरूका निम्ति चाँदी, काँसाबाट बनाइने कुराहरूका निम्ति काँसा, फलामबाट बनाइने कुराहरूका निम्ति फलाम, र काठबाट बनाइने कुराहरूका निम्ति काठ म दिंदैछु । पत्थरको कामको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू— सबै किसिमका बहुमूल्‍य पत्‍थरहरू पनि म प्रशस्‍त मात्रामा दिंदैछु । 3 अब, मेरा परमेश्‍वरको मन्‍दिरमा मेरो आनन्दको कारणले यसको निम्‍ति आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी म दिंदैछु । यस पवित्र मन्‍दिरको निम्‍ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः 4 ओपिरको सुन तिन हजार तोडा र भित्तामा जलप लागाउनका निम्ति सात हजार तोडा निखुर चाँदी म दिंदैछु । 5 सुनबाट बनाउने कुराहरूका निम्‍ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्‍ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्‍छा गर्ने अरू कोही छ?” 6 तब आफ्ना पुर्खाहरूका परिवारका अगुवाहरू, इस्राएलका कुलहरूका अगुवाहरू, हजार र सयका कमाण्‍डरहरू र राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले स्‍वइच्‍छा भेटी चढाए । 7 तिनीहरूले परमेश्‍वरको मन्‍दिरको सेवाको निम्ति पाँच हजार तोडा र असी किलोग्राम सुन, दस हजार तोडा चाँदी, अठार हजार तोडा काँसो र एक लाख तोडा फलाम दिए । 8 बहुमूल्‍या रत्‍नहरू आफूसँग भएकाहरूले ती गेर्शोनका सन्‍तान यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए । 9 यी स्‍वइच्‍छा भेटीका कारणले मानिसहरूले आनन्‍द मनाए, किनभने तिनीहरूले सम्‍पूर्ण हृदयले परमप्रभुको निम्‍ति दिएका थिए । दाऊद राजा पनि साह्रै आनन्‍दित भए । 10 दाऊदले सबै सभाको उपस्‍थितिमा परमप्रभुलाई धन्‍यवाद दिए । तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, सदासर्वदा तपाईंको प्रशंसा होस्‌ । 11 हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ । 12 धन र मान दुबै तपाईंबाट नै आउँछन्‌, र तपाईंले सबै मानिसमाथि राज्‍य गर्नुहुन्‍छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌ । 13 अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं । 14 तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्‍वइच्‍छाले यी कुराहरू दिन सक्‍छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं । 15 किनकि तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए । पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन । 16 हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मान गर्न मन्‍दिर बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन्‌ । 17 हे मेरा परमेश्‍वर, म यो पनि जान्‍दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्‍छ, र सोझोपनामा खुशी हुनुहुन्‍छ । मेरो बारेमा,मेरो हृदयको सोझोपनामा मैले स्‍वइच्‍छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु, र यहाँ उपस्‍थित तपाईंका मानिसहरूले स्‍वइच्‍छाले चढाएको कुरा देखेर म आनन्दित भएको छु । 18 हे परमप्रभु, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, यस्तो विचारको मन तपाईंका मानिसहरूमा सधैंभरि रहोस् । तिनीहरूका हृदयलाई तपाईंतिर लगाउनुहोस् । 19 मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन र मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस् ।” 20 दाऊदले सम्‍पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ ।” सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्‍टो परेर दण्‍डवत्‌ गरे । 21 भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान गरे, र उहाँलाई होमबलि चढाए । तिनीहरूले एक हजार साँढे, एक हजार भेडा, एक हजार थुमा, र तिनका साथै आफ्‍ना अर्घबलि र सबै इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढाए । 22 त्‍यो दिनमा, तिनीहरूले ठुलो उत्‍सव मनाउँदै परमप्रभुको सामु त्‍यस दिन खाए र पिए । तिनीहरूले दोस्रो पटक दाऊदका छोरा सोलोमनलाई राजा बनाए, र परमप्रभुको अधिकारमा तिनलाई राजा अभिषेक गरे । तिनीहरूले सादोकलाई पूजाहारी अभिषेक पनि गरे । 23 त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे । तिनको उन्‍नति भयो र सबै इस्राएलले तिनको हुकुम पालन गरे । 24 सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाए । 25 सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो । 26 यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे । 27 दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म राज्‍य गरे । तिनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे । 28 तिनी दिर्घ जीवन, धन-सम्‍पत्ति र मानमा आनन्द भई वृद्धावस्‍थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए । 29 शमूएल अगमवक्ताको इतिहास, नतान अगमवक्ता इतिहास र गाद अगमवक्ताका इतिहासमा दाऊद राजाका उपलब्धिहरूका बारेमा लेखिएका छन् । 30 त्यहाँ तिनको शासनको समयका कामहरू, तिनका उपलब्धिहरू र तिनलाई असर पारेका घटनाहरू, इस्राएल, र अन्य देशका राज्यहरूको बारेमा त्‍यहाँ लेखिएका छन् ।